
झापा, ५ भदौ । विश्वव्यापी आलोचनाका बाबजुद इजरायलले गाजा सहर कब्जा गर्ने योजनाअन्तर्गत कारबाही सुरु गरेको छ ।
इजरायली सेनाले गाजा सहरको बाहिरी भाग नियन्त्रणमा लिइएको बताएको छ । सैन्य प्रवक्ताका अनुसार कब्जाको तयारीका लागि जैतुन र जबालिया क्षेत्रमा सेना पहिले नै तैनाथ छन् ।

यो सैन्य कारबाहीलाई इजरायलका रक्षामन्त्री इजरायल काट्जले मंगलबार अनुमोदन गरेका थिए र यस हप्ताको अन्त्यमा सुरक्षा मन्त्रिपरिषद्मा प्रस्तुत गरिनेछ । अन्तर्राष्ट्रिय समुदायले इजरायलको यो कदमको कडा विरोध गरिरहेको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार, हमासले इजरायललाई युद्धविराम सम्झौतामा बाधा पुर्याएको र ‘निर्दोष नागरिकह विरुद्ध बर्बर युद्ध जारी राखेको’ आरोप लगाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

