
झापा, १५ भदौ । कृषि ज्ञान केन्द्र झापाले कस्टम हायरिङ सेन्टरहरूलाई सूचीकृत हुन आह्वान गरेको छ । कार्यालयले भदौ ९ गते एक सूचना जारी गरी चालू आर्थिक वर्ष २०८२/८३ का लागि सूचीकृत हुन आह्वान गरेको हो ।
चालु आर्थिकको स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि प्रसार कार्यक्रम सञ्चालन नमर्स (पहिलो संशोधन) २०८० अनुसार कस्टम हायरिङ सेन्टर मार्फत यान्त्रिकरण प्रवर्धन कार्यक्रम र प्रविधि प्रदर्शन कार्यक्रमका लागि आवश्यक पर्ने मेसिनरी/औजार सेवाका लागि जिल्लामा स्थापना भई सञ्चालनमा रहेका इच्छुक कस्टम हायरिङ सेन्टरहरुलाई सूचिकृत हुन आह्वान गरिएको कार्यालयका प्रमुख सागर बिष्टले जानकारी दिनुभयो ।
आवश्यक कागजातसहित २१ दिनभित्र सम्पर्क गर्न सूचना जारी गरिएको उहाँले बताउनुभयो ।
यस्तो छ कार्यालयको सूचना !

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



