
झापा, १५ भदौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने बताउनुभएको छ ।
कपिलवस्तुको चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उहाँले कोलकताबाट आयात गरिएको मल साता–दश दिनमा आइपुग्ने र किसानले सहज रूपमा पाउने बताउनुभयो । अब मलको हाहाकार नहुने बताउँदै उहाँले किसानलाई आश्वस्त पार्नुभयो । मन्त्री अधिकारीले जिल्लाको खेतयोग्य जमिन र उत्पादनका आधारमा मल वितरण गर्नुपर्ने बताउनुभयो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



