
झापा, १७ भदौ । राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टले भिजिट भिसामार्फत ४० हजार नेपाली महिलालाई कुवेतमा लगेर बेचिएको बताएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै सांसद विष्टले भिजिट भिसामा जाँदा अहिले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागका कर्मचारीलाई एक लाख घुस दिनुपर्ने विवरण जानकारीमा आएको बताएका छन् ।
नेपालबाट अवैधानिक रूपमा लगेर कुवेतको एउटा घरमा बन्धक बनाएर राखी शोषण गरिएको उनको भनाई थियो । ठुलो संख्यामा महिला बेचिएको विषयबारे सरकार र गृह मन्त्रालयले सदनलाई जानकारी दिन नचाहेको उनले बताए ।

उनले समस्यामा परेकालाई तत्काल उद्वार गर्न पनि जोड दिए । कुवेतको घरेलु श्रम बजारमा नेपाली महिला कामदारको संख्यामा आश्चर्यजनक रूपमा बढेर ६१ प्रतिशतले पुगेको अरब टाइम्स अनलाइनले गत जुलाई २१ को अंकमा उल्लेख गरेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

