
एजेन्सी, ८ मंसिर । इजरायलले लेबनानको राजधानी बेरुतमा आक्रमण गर्दै हिजबुल्लाहका शीर्ष नेता अली ताब्ताबाई मारिएको दाबी गरेको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा परी अन्य ५ जनाको ज्यान गएको छ भने २८ जना घाइते भएका छन् । वर्षदिनअघि भएको युद्धविराम उल्लंघन गर्दै इजरायलले बेरुतमा हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

हिजबुल्लाहले पनि आफ्नो नेता ताब्ताबाई मारिएको पुष्टि गरेको छ । पछिल्लो आक्रमणले क्षेत्रीय तनाव फेरी चर्कने संकेत देखिएको खबरमा उल्लेख छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

