
एजेन्सी, २४ मंसिर । इन्डोनेसियाको राजधानी जाकार्तामा एउटा कार्यालय भवनमा आगलागी हुँदा कम्तीमा २२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा सात पुरुष र १५ जना महिला रहेका छन् ।
मध्य जकार्तामा रहेको सात तले भवनमा हिजो आगलागी भएको हो । स्थानीय प्रहरीका अनुसार पहिलो तलामा ब्याट्री विष्फोट भएको र भवनमा आगो सल्किएको अनुमान गरिएको छ ।

धेरैजसोको धुँवामा निसास्सिएर ज्यान गएको पाइएको उद्दार कार्यमा संलग्नलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । आगलागी भएको भवनमा ड्रोन निर्माण गर्ने कम्पनी छ । जसले ड्रोनका लागि लिथियम ब्याट्रीहरू उत्पादन गर्दै आएको थियो ।
आगो निभाउन २९ वटा दमकलसहित एक सय जनाभन्दा धेरै दमकलकर्मी खटाइएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

