
झापा, २७ पुस । सुनचाँदीको भाउ आज बढेको छ । सुन आज एकैदिन तोलामा २ हजार ८ सय रुपैयाँले बढेर तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि बढको छ । चाँदी आज तोलामा ५५ रुपैयाँले बढेर तोलाको चार हजार ९ सय ९० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको ४ हजार ९ सय ३५ रुपैयाँ रहेको थियो ।
Facebook Comments Box

