
बिराटनगर, १८ माघ । झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको भद्रपुर नगरपालिका–४ स्थितमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले सोही स्थानका भवानी लिम्बुलाई ४ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर सहित र बुद्धशान्ती गाउँपालिका–३का श्याम धिमाल र कविन्द्र बस्नेतलाई ६ ग्राम ६५० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएको छ ।

चेजजाँचकै क्रममा मोरङको लेटाङ( –३ की तारा कुमारी लिम्बुलाई २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय लेटाङले र अस्थायी प्रहरी चौकी डाम्राभिट्टाले रतुवामाई–८ का इन्द्रराज घिमिरेलाई ३०० मिलि ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।
त्यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान(१६ का राम तामाङ र संगे शेर्पालाई २२० ट्याब्लेट प्रतिबन्धित औषधी सहित, धरान–१२ का विनय राई र धरान–१९ का रुविन राईलाई ३७० ट्याव्लेट प्रतिबन्धित औषधी सहित नियन्त्रणमा लिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

