
झापा, १० फागुन । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ। शुक्रबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला पाँच हजार ६ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १० हजार तीन सय रूपैयाँ पुगेको छ। शुक्रबार सुन प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा पाँच हजार ५० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पाँच हजार चार सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय ७५ रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय ७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

