बिर्तामोड, ३० साउन । नेपाल हृदयरोग निवारण प्रतिष्ठान–झापाले जिल्लाका विभिन्न पालिका क्षेत्रमा सीपीआर सम्बन्धी तालिम सञ्चालन गर्ने क्रमको शुरुवात बिर्तामोडबाट गरेको छ ।
यहाँस्थित बीएण्डसी मेडिकल कलेज तथा टिचिङ हस्पिटलको कार्डियो विभागको प्राविधिक सहयोगमा पूर्वाञ्चल क्यान्सर अस्पतालको अडिटोरियममा साउन २९ गते ५० जना प्रशिक्षार्थीलाई तालिम दिइएको प्रतिष्ठानका झापा जिल्ला अध्यक्ष सन्तोष अग्रवालले बताएका हुन् ।

कार्यक्रमलाई रोटरी क्लब अफ् बिर्तामोड मिडटाउन, रोटर्याक्ट क्लब अफ् बिर्तामोड मिडटाउन, रोटर्याक्ट क्लब अफ् बिर्तामोड, रोटरी क्लब अफ् सुरुङ्गा र बिर्तामोड रन क्लबले सहयोग गरेका थिए ।
के हो– सीपीआर ?
सीपीआर भनेको ‘कार्डियोपल्मोनरी रिसस्सिटेशन’ हो । यो मुटुको धड्कन वा श्वास–प्रश्वास अचानक बन्द भएको व्यक्तिको ज्यान बचाउन गरिने एक प्रकारको आपतकालीन प्राथमिक उपचार विधि हो । यसले बिरामीको मस्तिष्क र मुटुमा रगत तथा अक्सिजनको आपूर्ति चालू राख्न मद्दत गर्दछ । अर्थात्, अर्को अर्थमा ‘हृदय–फोक्सो पुनरुत्थान’ गर्नु हो ।
कस्तो अवस्थामा गर्नु पर्छ ?
यो आकस्मिक प्राथमिक उपचार– कसैको मुटुको धड्कन अचानक रोकियो भने र डुबेर, करेन्ट लागेर वा श्वास फेर्न गाह्रो भएर बेहोश हुँदा अस्पताल पु¥याउन एम्बुलेन्स नआउञ्कारागारसम्म– गरिनु पर्ने विधि हो ।
सीपीआर. कसरी गर्ने ?
बिरामीलाई समतल ठाउँमा सुताएर दुबै हातले छातीको बीच भागमा छिटो र गहिरोगरी लगातार जोडले प्रतिमिनेट १०० देखि १२० पटक थिच्दै छोड्दै गर्ने । यसले मुटुको गति पुनरुत्थान गर्न रगत पम्प गर्ने काम गर्छ । र, बिरामीको मुखमा मुख राखेर आवश्यकता अनुसार कृत्रिम श्वास दिने । यसो गर्दा फोक्सोमा अक्सिजन पु¥याउन मद्दत मिल्छ ।
अब निकट भविष्यमै झापाका साथै इलाममा पनि यस्तो जीवनरक्षक तालिमको आयोजना गरिने योजना रहेको अध्यक्ष अग्रवालले जानकारी दिए ।



