
गौरादह, २२ माघ । झापाको गौरादह–६ को आरती नगरी (बनियाँटोलीमा) नगरपालिका भित्रका कृषक समूहहरुबीचको अन्तरक्रियात्मक विचार गोष्ठी सम्पन्न भएको छ ।
आदर्श मुल कृषक समूहले आयोजना गरेको गोष्ठीमा नगरभरका कृषक समूहका प्रतिनिधिको उपस्थिति रहेको थियो । मा कार्यक्रम सम्पन्न भएको हो । गोष्ठीमा किसानहरुलाई खेती गर्दा आइपर्ने समस्या सामधान तथा कृषक समूहले खेल्नुपर्ने भूमिका, नगरपालिकाले कृषि सम्बन्धी शीर्षकमा विनियोजन गरेको बजेटको सदुपयोग तथा यसबाट प्राप्त उपलब्धि तथा किषकको हकहितका लागि सम्बन्धित निकायले खेल्नुपर्ने भूमिका, किसानहरुको जिम्मेवारी लगायतका विषयमा छलफल गरिएको थियो ।
आयोजक संस्थाका अध्यक्ष कामेश्वर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा जिल्ला नेता मदन अधिकारीले सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै आधुनिक ढंगको खेती प्रणाली अपनाएर कृषि क्षेत्रलाई आयआर्जनको महत्वपूर्ण माध्यम बनाउन सकिने वताए ।
कार्यक्रममा वडा नं. ४ कृषक समूहका अध्यक्ष लय बरालले कृषकहरुको हितमा काम गर्ने सरकारी निकायले इमान्दारिता देखाउन आवश्यक रहेको बताउँदै पुरानो मानसिकताबाट कृषि क्षेत्रमा परिवर्तन सम्भव नहुने धारणा राखे ।
कार्यक्रममा गौरादह कृषि शाखा प्रमुख देवीप्रसाद सिंह, वडा नं. ६ का अध्यक्ष खड्ग पराजुली, समूहगत अध्यक्षहरु लगायतले आ–आप्mना धारणा राखेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


