
भरतपुर, २२ माघ । चितवनमा चार जना किसानले एकसाथ तरकारी खेतीमा डोजर लगाएका छन् ।
आफूले उत्पादन गरेको तरकारी उत्पादनले बजारभाउ नपाएपछि सोमबार चितवन खैरही नगरपालिका, १ ज्यामिरेका नवराज भुसाल, इन्दिरा भुसाल, सूर्यप्रसाद भुसाल र कृष्ण सापकोटाले बन्दाकोभी र मुलाखेती नष्ट गरेका हुन् । दुई साताअघि खैरहनी नगरपालिका, ६ तुलसीपुरका किसान पुरन महतोले १५ कठ्ठा क्षेत्रफलमा लगाएको लाखौँ मूल्य बराबरको बन्दा र मुला नष्ट गरेको थिए ।
सित्तैमा लैजानु भन्दा पनि बिचौलियाले मानेनन्
ज्यामिरेका नवराज भुसालले चार जना किसानले २४ कठ्ठाभन्दा बढी क्षेत्रफलमा लगाएको बन्दा नष्ट गरेको जानकारी दिए । आफूहरुले लगाएको बन्दा एक रुपैयाँमा उठाउन आग्रह गर्दासमेत नगगेको उनको गुनासो छ । भुसालले १० कठ्ठामा लगाएको बन्दामध्ये सात कठ्ठाको जेनतेन बिक्री भए पनि तीन कठ्ठामा लगाएको बन्दा व्यापारीलाई सित्तैमा लैजान आग्रह गर्दासमेत लैजान नमानेको बताए । आजको नयाँ पत्रिकामा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


