
झापा, ६ चैत । झपाको कमल गाउँपालिकाले माटोमा अम्लियपन बढेपछि कृषकलाई कृषि चुन प्रयोगमा सहयोग गरेको छ ।
कृषि उपज उत्पादन बृद्धिका लागि विगत लामो समयदेखि प्रयोगमा ल्याइएको रसायनिक मलका कारण माटोको उत्पादन शक्ति क्रमशः ह्रास हँुदै अम्लियपन बढेपछि गाउँपालिकाले कृषक, कृषक समूह र सहकारीलाई ५० प्रतिशत अनुदानमा कृषि चुन वितरण गरेको कमल गाउँपालिका कृषि विकास शाखा प्रमुख प्रेम पोखरेलले जानकारी दिए ।
नगरपालिकाबाट ३ लाख २४ हजार बजेट निर्धारण गरी कृषकको पनि ३ लाख २४ हजार लागत सहभागिता गरी कुल ६ लाख ४८ हजार रुपैयाँमा प्रतिवोरा ५० केजी तौलका १६ सय २० वोरा कृषि चुन वितरण गरिएको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


