
गौरीगञ्ज, २३ असार । पशु सेवा शाखा गौरीगञ्जले शुक्रबार गौरीगञ्जको पश्चिमि क्षेत्रका किसानहरुलाई लक्षित गरि एक दिने पशु उपचार शिविर सम्पन्न गरेको छ ।
वडा नं. ५ स्थित चिल्हारा प्राबिमा सम्पन्न भएको सो सिविरमा हजार भन्दा बढि घर पालुवा पशुहरुको उपचार गरिएको शाखा प्रमुख विनोद साफीले बताएका छन् । शिविरमा विशेषत पशुहरुको बाँझोपन सम्बन्धी रोगहरुको उपचार गरिएको थियो ।
यस बाहेक सो शिविरमा हार्मोन सम्वन्धी‚ कास्टिङ होल्ड सम्बन्धी‚ कृत्रिम गर्भाधान सम्बन्धी र पशु बन्ध्याकरण सम्बन्धी सेवाहरु प्रदान गरिएको थियो ।
पशु चिकित्सक दिलिप सापकोटा लगायत शाखा प्रमुख बिनोद साफि डम्वर ठ्ठापा जनक पौडेल घनेन्द्र भण्डारी बलराम ताजपुरिया लगायतका पशु विशेषज्ञ तथा चिकित्सक प्राविधिकहरुले उपचार सेवा प्रदान गरेका थिए ।
एकै दिनको सिविर भए पनि यसबाट गाउँपालिकाका पश्चिम ग्रामीण भेगका सयौ पशुपालकहरुले राम्रो उपचार सेवा पाएको स्थानीय रञ्जन राजवंशीले प्रतिक्रिया दिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


