
बिर्तामोड, २९ असार । झापामा असारको अन्तिम सातासम्ममा ४८ प्रतिशत रोपाइँ सकिएको छ ।
कुल ८७ हजार ५ पाँच सय हेक्टरमध्ये करिब ४२ हजार हेक्टरमा धान रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत प्रकाशकुमार डाँगीेले गत वर्ष असार महिनामा ५५ प्रतिशत रोपाइँ भएको थियो भने यो वर्ष ४८ प्रतिसत मात्र रोपाइँ सकिएको छ ।
‘गत वर्षभन्दा कम पानी परेको छ’, उहाँले भन्नुभयो, ‘रोपाइँका लागि आकाशे पानीको भर पर्नुपर्ने बाध्यताले रोपाइँले तीव्रता पाएको छैन ।’
गत वर्ष झापामा ९५ प्रतिशत धान रोपाइँ भएको कार्यालयको तथ्यांक छ । मा उल्लेख गरिएको छ । गत वर्ष असार तेस्रो सातासम्ममा किसानले ५० प्रतिशत धान रोपाइँ गरिसकेका थिए ।
राधा—१२, शरणा लगायतका धानहरु बेलैमा नरोपे उत्पादन राम्रो नहुने कार्यालयका नायब प्राविधिक सहायक धर्मराज कटुवालले बताउनुभयो । उहाँका अनुसार पर्याप्त सिँचाइ नहुँदा नयाँ जातका धानको उत्पादन घट्छ ।
जिल्लामा किसानले मनसुली सुख्खा तीन, आरपी—१०१७, मल्का बासमती, कालो बासमती, चुल्ठे, साम्भा सप, हर्दीनाथ, चाइना पुसा लगायत जातका धान लगाउने गरेका छनु ।
झापामा ८७ हजार ५ सय हेक्टरमा धान खेती गरिँदै आएको छ । जसमध्ये ५० प्रतिशत धान खेती आकाशे पानीकै भर हुने गरेको छ ।–––
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


