
भद्रपुर, १५ असार । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा झापाको भद्रपुरमा चिया समनवय गोष्ठी सम्पन्न भएको छ ।
निगमा निमित्त कार्यकारी निर्देशक दिपक खनालको अध्यक्षता तथा जिल्ला समनवय समिति सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यतामा चिया किसान उद्योगी र मजदुरका समस्या तथा समाधानका उपाय सम्बन्धी गोष्ठि सम्पन्न गरिएको हो । कार्यक्रममा साना किसानका समस्या, मजदुरका सस्या र उद्योगीका समस्या प्रस्तुत गरिएको थियो । जसका लागि सबै पक्षले चियाको बजारीकरणका लागि निगमले भूमिका खेल्नु पर्ने सहभागीहरुले बताएका छन् ।
कार्यक्रममा उद्योगी विनयराज पोखरेल साना चिया किसान देवीप्रसाद कोइराला, श्रमिक संजयकुमार राई, गोपाल दाहाल लगायतले मन्तव्य राख्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


