
भद्रपुर, १५ असार । नेपाली कांग्रेस भद्रपुर ८ नम्बर वडा समन्वय समितिले राष्ट्रिय धान दिवस २०७६ को अवसर पारेर उत्कृष्ट कृषक सम्मान तथा सामुहिक धान रोपाई सम्पन्न गरेको छ ।
वडा समन्वय समितिका सभापति रत्नप्रसाद खतिवडाको अध्यक्षता तथा क्षेत्रीय सभापति गणेश पोखरेलको प्रमुख आतिथ्यमा व्यवसायिक खेती मार्फत योगदान दिने महमतदिन शेखलाई नगद सहित सम्मान गरिएको हो भने भद्रपुर ८ चन्द्रगढी विमान स्थल पूर्व रहेको मित्रप्रसाद अधिकारीको खेतमा सामूहिक धान रोपाँइ समेत गरिएको थियो ।
कार्यक्रममा भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोजले वडाको समृद्धिका लागि व्यवसायिक कृषि, पशुपालनका क्षेत्रमा काम गरिरहेको धारणा राखे । वडाध्यक्ष सुब्बाले विषाधिरहित कृषि उत्पादनमा लाग्न कृषकहरू अनुरोध समेत गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


