
बनियानी, १६ असार । झापाको कनकाई नगरपालिका–५ स्थित चप्रमारीमा सामुहिक रोपाइँ गरेर आइतबार धान दिवस मनाइएको छ ।
कृषक, जनप्रतिनिधि, सहकारीकर्मी, सञ्चारकर्मी लगायत करिब दुई जनाभन्दा बढीले सामुहिक रुपमा रोपाइँ गरेर दिवस मनाएका हुन् । प्रगतिपथ कृषि सहकारी संस्थाले शुरु गरेको ‘प्रगतिपथ एकीकृत खेती परियोजना’ अन्तरगत आइतबार पाँच बिघामा रोपाइँ गरिएको संस्थाका अध्यक्ष नेत्रप्रसाद चिमरियाले बताउनुभयो ।
पञ्जेबाजासहित नाचगानका साथ शुरु गरिएको रोपाइँमा झापा क्षेत्र नं. ४ का सांसद् एलपी साँवा लिम्बू, प्रदेश सभा सदस्यद्वय झलकसिंह दलार्मी, हिरा थापा, कनकाई नगरपालिका नगरप्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मञ्जु प्रसाईं लगायतले असारे गीतको भाकामा नाच्दै रोपाइँ गर्नुभयो ।
रोपाइँ अघि आयोजित कार्यक्रममा सांसद लिम्बूले अगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले रू चार अर्ब बजेट विनियोजन गरेको जानकारी दिनुभयो । ‘प्रदेश सरकारले कृषिलाई विशेष प्राथमिकता दिएको छ’, उहाँले भन्नुभयो, ‘अब आधुनिक प्रविधिको प्रयोग र चक्लाबन्दी गरेर खेती गर्नेलाई प्रोत्साहन गरिने छ ।’
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


