add
कृषि विशेष समाज

सात जिल्लाका २१ जनालाई तालिम

सुनसरी, २२ असार । सुुनसरीको रामधुनी नगरपालिका–८ ठुलेमोहोरमा व्यवसायिक बाख्रापालन तालिम सम्पन्न भएको छ । प्रदेश –१का ७ जिल्लाका २१ जना कृषकलाई व्यवसायिक तालिम दिइएको हो । बोयर,खरी,जामुनपारी लगायत जातका बाख्रापालक कृषक तालिममा सहभागी थिए ।

तालिममा गोठ सुधार तथा व्यस्थापन,आहार, रोग नियन्त्रण,प्रजनन,सरसफाई,उपचार,घाँस उत्पादन र प्रयोगका लगायत विषयमा प्रयोगात्मक र सैद्धान्तिक ज्ञान दिइएको थियो । एक सातासम्म चलेको तालिममा पाँचथर,इलाम,झापा,मोरङ,सुनसरी,धनकुटा र उदयपुरका कृषक सहभागी थिए । नेपाल लाईभस्टक सेक्टर इन्नोभेसन विराटनगरको आयोजनामा सम्पन्न तालिममा पशु सेवा केन्द्र दुहवीका वरिष्ट तालिम अधिकृत डा.प्रभात झा,आयोजक संस्थाका प्रमुख डा.रामकुमार मण्डल,डा.अजय साह र पशुपक्षी तथा मत्स्य विभाग निर्देशक डा.लेखराज दाहालले तालिम दिएका थिए । आयोजक संस्थाका तालिम संयोजक रामकाजी पौडेलले सहजीकरण गरेको तालिममा मुलुकको बाख्रापालनको अवस्था र सम्भावनाका विषयमा समेत प्रष्ट्याइएको थियो ।

तालिम समापन कार्यक्रममा रामधुनी–८ का वडाध्यक्षम रुद्र बस्नेत, डा.मण्डल, ठुलेमोहोर कृषि फर्मका सञ्चालक कोपिला कार्की ,सहभागीको तर्फबाट कल्पना कडरिया (झापा) र दिपक दाहाल(धनकुटा)ले बोलेका थिए । सहभागीले तालिम व्यवसायकि बाख्रापालनका लागि उपयोगी भएको बताए । तालिम १५ गतेदेखि सञ्चालन भएको थियो ।

Facebook Comments