
बलिउड फिल्म ‘सत्यमेव जयते’को ‘दिलबर’ बोलको गीत रिलिज भएसँगै धुम मच्चाएको छ ।
यो गीतले युट्युबमा एकैदिनमा लाखौँ दर्शक पायो । त्यसको मुख्य कारण हो, डान्सर हिरोइन नोरा फतेही ।
गीतमा नोराको डान्स, एक्सप्रेसन तथा प्रस्तुतिले निकै तारिफ पाएको छ । सन् १९९९ को ‘सिर्फ तुम’ फिल्मको गीतलाई सत्यमेवा जयतेमा रिमिक्स गरेर राखिएको छ ।

त्यो फिल्ममा यो गीतमा सुस्मिता सेनले डान्स गरेकी थिइन् । सत्यमेव जयतेमा त्यो गीतको रिक्रियट गरिएको छ । जसकारण पनि दर्शकले मन पराएको बताइन्छ । यो गीत आएपछि नोराका फ्यान ह्वात्तै बढेका छन् ।
नोरा मोडल, डान्सरका साथै अभिनेत्री पनि हुन् । उनी हाल सलमान खानको ‘भारत’ फिल्मका कारण चर्चामा छिन् । सो फिल्ममा उनले एउटा आइटम डान्स गर्न सक्ने सम्भावना रहेको बताइन्छ । एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

