
अच्युत सुबेदी
झापा, १८ साउन । उत्पादक कम्पनीले आफ्नो उत्पादनको मूल्य आपैmँ तोक्छन् । तर, कृषि प्रधान देश नेपालमा किसानले आपूmले उत्पादन गरेको सामानको मूल्य आपूmले तोक्न पाउँदैनन् । वर्षभरि दुःख गरेर उत्पादन गरेको अन्न बालीको मूल्य तोक्न नपाएका किसान साग सब्जीमा पनि बिचौलियाको मारमा परेका छन् ।
साँझबिहान नभनी पसिना बगाएर उत्पादन गरेको सामग्रीको मूल्य आपूmहरुले तोक्न नपाउँदा आपूmहरु ठगिएको र बिचौलियाले मनग्गे आम्दानी गनेर् गरेको उनीहरुको गुनासो छ ।
झापा बिर्तामोड नगरपालिका–९ का चेतन पौड्यालले व्यावसायिक तरकारी खेति गरेको करिब १८ वर्ष भयो । यो अवधिमा उत्पादन गरेको तरकारीको मूल्य आपूmले तय गर्न नपाएको उनले बताए । ‘अरु व्यापार–व्यवसाय गनेर्ले मनग्गे आम्दानी गरे तर, हामी किसानलाई खर्च धान्नै धौ–धौ छ, मुनाफा जति बिचौलियाले खान्छन्’, उनले भने, ‘घाम पानी नभनी खेत बारीमा काम गयोर् आपूmले भन्दा बढी आम्दानी बिचौलियाको हुन्छ ।’ आपूmले उत्पादन गरेको वस्तु उपभोक्तासम्म पुग्दा दोब्बर बढीको फरक परेको उनले सुनाए ।
किसानले उत्पादन गरेको तरकारीको उचित मूल्य नतोकिएसम्म कृषि पेशाले व्यावसायिकता पाउन नसक्ने उनले दाबी गरे । हिउँदमा करिब एक बिगाह जग्गामा तरकारी खेती गदैर् आएका पौडेल आपूmले उत्पादन गरेको तरकारी आपैmँले बजारमा लगेर खुद्रा मूल्यमा नबेचुञ्जेल फाइदा नहुने बताउँछन् । कृषकले आफूले उत्पादन गरेको तरकारी बजार पुर्याएर बिक्री गर्ने चाँजोपाँजो मिलाउन नसक्दा बिचौलियालाई दिन बाध्य भएको उनले बताए ।
स्थानीय तहले कृषिका लागि पर्याप्त बजेट छुट्याए पनि त्यो वास्तविक किसानले पाउन नसकेको कृषकको गुनासो छ । अधिकांश किसानले स्थानीय तह समक्ष आफ्नो पहुँच पुर्याउन नसकेका कारण त्यस्तो सुविधाबाट बञ्चित हुनु परेको किसानहरुको भनाइ छ ।
बिर्तामोडका किसान सहदेव थपलिया किसानले उत्पादन गरेको तरकारीको मूल्य सम्बन्धित निकायले निर्धारण गर्नुपनेर् बताउँछन् । ‘हामीले उत्पादन गरेको तरकारीको मूल्य बिचौलियाले तोक्ने भएका कारण किसान बेहाल, बिचौलिया मालामालको अवस्था भएको छ’, उनले भने । बीस वर्षदेखि व्यावसायिक तरकारी खेती गदैर् आएका थपलियाको यो बाहेक अकोर् कुनै व्यवसाय छैन । उनी आपूmले उत्पादन गरेको तरकारी आपैmँ बेच्छन् ।
तर, बजारमा अग्र्यानिक तरकारी बेच्न मुस्किल हुने गरेको उनको बुझाइ छ । आपूmले बेच्ने तरकारी आपैmँ उत्पादन गरेको भएर सस्तोमा पाए हुन्थ्यो भन्ने उपभोक्ताको चाहना हुने गरेको पाइएको उनको अनुभव छ । तर, विषादी प्रयोग नगर्दा कम मात्र तरकारी उत्पादन हुने गरेको उनी बताउँछन् । जसले गर्दा विषादीरहित तरकारीको मूल्य अलिक महँगो पनेर् उनले बताए ।
उत्पादित तरकारी सबै आपूmले बेच्न नसकेर बिचौलियालाई दिएको अवस्थामा लगभग आधा मात्र मूल्य पाउने गरेको थपलिया बताउँछन् । जसले गर्दा पनि वास्तविक किसान मारमा परेको उनको बुझाइ छ ।
विषादीको प्रयोग गरेर उत्पादन गरेको तरकारीले स्वास्थ्यमा समस्या ल्याउने बताउँदै उनले भारतबाट आउने विषादी जन्य तरकारी बन्द गर्दा मात्रै समस्याको समाधान नहुने बताए । उनले नेपालमा तारकारीमा प्रयोग हुने विषादीको आयातमै प्रतिबन्ध लगाउनुपनेर् दाबी गरे । मेचीखबरबाट ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


