
झापा, २० साउन । ५२ वर्षीय गोबिन्द पौडेलले नेपाल चिया विकास निगम अन्तरगतको बनेर् बनेर् चिया कमानमा मजदुरी गरेको चार दशक बितिसक्यो । अहिले पनि उनी हरेक दिन बिहान ७ बजे नै बगानमा पुग्छन् । चियाको बोट गोडमेल गर्नु, सुम्सुम्याउनु र रोग लाग्नुबाट चियाको मुना जोगाउनु उनको दिनचर्या बनेको छ ।
जीवनको उर्वर उमेर कडा परिश्रम र ठूलो जोखिम उठाएर चिया बगानमा बिताएका गोबिन्दले पाएको खास काम चाहिँ चियाका बुट्टामा विषादी छिट्नु हो । बगानका म्यानेजर र नाइकेले अह्राए अनुसार उनी कहिले चियाको बोटमा कीरा मार्न त, कहिले बगानभित्र झारपात मास्न विषादी छर्कन्छन् । सोमबार दिउँसो १२ बजे चिया बगानमा साथीहरुसँगै विषादी छिट्दै गर्दा भेटिएका गोबिन्दको ढाडमा बडेमानको ट्यांकी र स्प्रे थियो ।
चिया बगानभित्रको झारपात मार्नका लागि विषादी छिट्दै गरेका उनी लगायत डेढ दर्जन भन्दा बढी मजदुरसँग विषादीको जोखिमबाट जोगिने कुनै प्रबन्ध थिएन ।
गोबिन्दसँगै विषादी छिट्ने काममा खटिएका बासुदेव ढुंगेल, धनपति गौतम, भीम दाहाल, नरेन्द्र अधिकारी लगायत कसैको मुखमा माक्स थिएन, न त हातमा पञ्जा नै थियो । खुट्टामा गमबुट पनि नलगाइ जोखिम नै छैन कि भन्दै विषादी छिटिरहेका थिए । हावाको झोकासँगै उनीहरुले छिटेको विषादीको गन्ध मुख, नाकबाट शरीर भित्र छिरिरहेको थियो । हात, खुट्टा र शरीरका बाहिरी अंगहरु विषादी मिश्रित पानीले निथ्रुक्क भिजेका थिए ।
सरकारको स्वामित्वमा रहेको नेपाल चिया विकास निगम त्रिवेणी ग्रुपले २०५७ साल लिजमा लिएपछि निगम अन्तरगतका बगानमा विषादी छिट्ने मजदुरको स्वास्थ्यप्रति कसैको ध्यान पुगेको छैन । विषादी छिट्ने मजदुरको यो असुरक्षित शैली बनेर् चिया कमानमा मात्र होइन, अधिकांश ठूला बगानमा उस्तै छ । बनेर् चिया कमानमा हरेक दिन एक मजदुरले तीन सय लिटर विषादी मिश्रित झोल बगानमा छिट्नु पर्छ ।
‘ग्लो सेभेन वान’, ‘नाग रोडार’, ‘गिन्नी’, ‘डेसिस’, ‘मैजिक’, ‘अल्वा’ लगायतका विषादी पानीमा घोलेर छिट्ने गरिन्छ । चिया बगानमा छिट्ने यस्ता विषादी मानव स्वास्थ्यका लागि हानिकारक हुने स्वास्थ्यकर्मीहरु बताउँछन् । तर, बगान मालिक र व्यवस्थापनले दैनिक ३५० रुपैयाँ ज्यालामा जोखिमपूर्ण काम गनेर् मजदुरलाई जोखिम न्यूनीकरणका लागि अत्यावश्यक सामग्री समेत दिँदैनन् ।
‘मालिकले कमसल खालको एउटा माक्स बाहेक केही दिँदैनन्’, विषादी छिट्दै गरेका एम मजदुरले मेचीखबरसँगको भेटमा भने, ‘विषादी नङमा पयोर् भने नङ कुहिन्छ, विषादी छिट्दा वाक्वाकी र रिङ्गटा लाग्छ, औषधि उपचारको कुरा त परै जाओस् गमबुट समेत हामीले आफ्नो तलबबाट किन्नु पर्छ ।’
उनले सञ्चारमाध्यममा वा अन्यत्र व्यवस्थापनविरुद्धको कुरा उठाए सरुवा गनेर्सम्मको कारबाही बगानका मजदुरले भोग्नु परेको गुनासो गरे । अतित सम्झँदै उनले भने, ‘एक जना साथीले एक÷दुई वर्षअघि एउटा टिभीमा व्यवस्थापनविरुद्ध बोल्दा उनलाई जागिरबाटै झण्डै हटाइयो ।’
विषादी छिट्ने अर्का मजदुरले वर्षदिनमा दिइने ५÷७ वटा कमसल माक्सले कति दिन पुग्छ भन्ने प्रश्न गदैर् भने, ‘नफाटेसम्म लगाउँछौँ, फाटेपछि अकोर् नदिएसम्म त्यसै काम गदैर् आएका छौँ ।’ आफूले पाउने दैनिक ३५० रुपैयाँ ज्यालाले परिवारको लालनपालन गरेर आफूलाई काम गर्दा चाहिने सामान किन्न नपुग्ने उनले दुःखेसो गरे ।
चकोर् घाम लागेका बेला मात्र विषादी छिट्नुपनेर् भएकाले निकै सास्ती व्यहोर्नु परेको मजदुरहरु बताउँछन् । चिया बगानमा प्रयोग गरिने विषादी यति कडा हुन्छ कि विषादी छर्किएको ठाउँमा २४ घण्टामै सबै झार मरेर पराल जस्तो बन्छ । वर्षमा २÷३ पटक झार मानेर् विषादी प्रयोग गरिन्छ भने चियाको मुनामा लागेका कीरा मार्न आवश्यकता अनुसार विषादी छिटिन्छ ।
बनेर् चिया कमानमा त पछिल्लो समय चियाका बुट्टामा विषादी छिट्न पावर ट्रली नै प्रयोग गरिएको छ । ६÷६ जनाको समूह बनाएर बगानको बीचमा पावर ट्रली राखेर चियाका बुट्टामा विषादी छिटिन्छ । कम मजदुरबाट बढी काम लिन व्यवस्थापन पक्षले पावर ट्रली सञ्चालनमा ल्याएको बगानका एक कर्मचारीले बताए । ‘अहिले मात्रै यस्तो होइन, पहिलेदेखि नै हामी यसरी नै काम गदैर् आएका छौँ’, विगत ४० वर्षदेखि चिया बगानमा काम गदैर् आएका धनपति गौतम भन्छन्, ‘यहाँ कम्पनीले यसरी नै काम लगाइरहेको छ ।’ सांघाई ग्रुपले लिजमा लिएपछि समस्या भएको मजदुरको बुझाइ छ ।
विषादी छिट्दा स्वास्थ्यमा असर नपुगोस् भनेर माक्स, गमबुट, चस्मा माग्दा व्यवस्थापन पक्षले बेवास्ता गरेको मजदुर बताउँछन् । चिया बगानमा झार मार्न र कीरा मार्न दुई खालको विषादी प्रयोग हुने र सबै विषादीको कडा गन्ध आउने भएकाले मानव स्वस्थ्यका लागि हानिकारक हुने स्वास्थ्यकर्मीको भनाइ छ ।
यस्ता विषादी छिट्दा स्वासप्रश्वास, आँखा, हात–खुट्टा र छालामा नकारात्मक असर पर्छ । विषादी छिट्ने काममा २० वर्षदेखि खट्दै आएका एक मजदुरले शरीरका विभिन्न अंग चिलाउने, राता फोका आउने, जस्ता समस्या आफूले भोगिरहेको बताए । ‘हात–खुट्टा र कम्मर मुनी डाबर उठ्ने समस्या छ’, विषादीले निम्याएको समस्याबारे उनी भन्छन्, ‘आँख्ला–आँख्ला सबै दुख्छ, कम्पनीलाई भन्दा कुरै सुन्दैन ।’
श्रम ऐनले मजदुरको सरुवा गनेर् अधिकार व्यवस्थापन पक्षलाई दिएपछि आफूहरु अप्ठयारोमा परेको मजदुरहरु बताउँछन् । समस्या लिएर गयो भने टाढाको बगानमा सरुवा गरिदिने डरले नेपाल चिया विकास निगम अन्तरगतका मजदुर व्यवस्थाप पक्षसँग आफ्ना जायज माग राख्न डराएको त्यहाँ कार्यरत एक कर्मचारीले बताएको मेचीखबर साप्ताहिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


