
बिर्तामोड, २९ साउन । झापाका चिया बगानहरुले नेपालमा प्रतिबन्धित घातक विषादीको प्रयोग गरिरहेका छन् । चियाबगानमा विभिन्न रोग र संक्रमण घटाउने बहानामा मानव स्वास्थ्यका दृष्टिले निकै घातक मानिएका विषादीहरू किसान र व्यवसायीले खुलेआम प्रयोग गरिरहेका हुन् ।
विश्व स्वास्थ्य संगठनले सन् २००४ मा मानव स्वास्थ्यका लागि हानिकारक मानिने इथियन, मोनोक्रोटोफस, सुफोसजस्ता विषादी पूर्ण रूपमा प्रतिबन्ध लगाए पनि तिनै विषादीको प्रयोग बगानमा बढी प्रयोग हुनेगरेको छ । यस्ता विषादी नेपाल सरकारले नेपालमा रोक लगाए पनि झापाका विभिन्न खुल्ला नाका र अबैध बाटोको प्रयोग गदैर् भित्रने र तिनै विषादीको प्रयोग बगान सञ्चालक र किसानहरुले गनेर् गरेका छन् । सरकारले मोनोक्रोटोफम्स, इन्डोसल्फान, बीजीडी, अल्जिम, लिन्डेनजस्ता १५ प्रकारका घातक विषादी बिक्रीमा प्रतिबन्ध गरिसकेको छ ।
‘यी विषादीहरू मानव स्वास्थ्यका दृष्टिकोणले ज्यादै घातक मानिन्छ, झापामा एक बिघा चिया बगानमा ५० लिटर भन्दा बढी विषादी प्रयोग भइरहेको छ,’ विषादी विरुद्धको अभियानमा सक्रिय चन्द्र भण्डारीले भने । उनका अनुसार झापाका चिया बगानमा नेपालमा प्रतिबन्धित इमिडा क्लोरोपिड, इमामेक्टिम, वेन्जोएट, स्पाइरोमेसिफिन, एसिटामापिड लगायतका दर्जनौँ विषादी प्रयोग भइरहेको छ । विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरेर त्यस्ता विषादीको प्रयोग घटाउन चिया बगान सञ्चालकहरुसँग छलफल र अन्तरक्रिया गरे पनि बगान सञ्चालकले चासो नदिएको भण्डारी बताउँछन् ।
खुल्ला सिमाना र चिया बगान बढी भएका कारण विषादी प्रयोगमा झापा मुलुककै अग्रणी जिल्ला मानिन्छ । झापापछि काभ्रे, चितवन, सप्तरी र सिरहामा विषादीको अत्यधिक प्रयोग भएको भेटिएको भण्डारीको दाबी छ । ‘झापामा चिया बालीमा सबैभन्दा बढी विषादी प्रयोग भइरहेको छ, यी विषादीहरू स्वास्थ्यका दृष्टिकोणले ज्यादै घातक मानिन्छन्, विषादीका कारण चिया बगान आसपासका गाउँ र नगरपालिकाबासी पनि उच्च जोखिममा छन्’, उनले भने ।
झापाको बनेर्, टोकला, गिरी बन्धुजस्ता चिया बगानमा मात्र वर्षमा एक लाख ६८ हजार टन विषादी प्रयोग भइरहेको छ । मजदुरले बिनाकुनै सुरक्षात्मक उपाय विषादी प्रयोग गरिरहेका छन् । ‘झापा जिल्ला विषमा चुर्लम्म डुबिसकेको छ, रसायनिक विषादीले मजदुर त बढि प्रभावित छन् नै, वरपर दुई किलोमिटर सम्मको दुरीका स्थानिय बिषादीबाट प्रभावित भएको भेटिएको छ’, भण्डारीले भने ।
पच्चीस वर्षयता झापामा भयानक रूपमा विषादी प्रयोग भइरहेको छ । पछिल्लो समय झार मानेर् राउण्ड अप नामक विषादीको प्रयोग झनै बढी गरिँदै आउको छ । चिया बगान र अन्य खेतीमा झार मार्न यसको प्रयोग बढी गनेर् गरिएको छ । तर, कानुन कार्यान्वयन गनेर् निकाय लाचार देखिएको बिषादी न्यूनिकरणका अर्का अभियान्ता दिपेन्द्र पौडेल बताउँछन् । ‘झापाका चियामा मात्रै बसेर्नि न्यूनतम २५ पटकसम्म विषादी छिट्ने चलन रहेको छ,’ कृषि ज्ञान केन्द्र झापाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
चियामा बढ्दो विषादी प्रयोगका कारण भारतसहितका अन्तराष्ट्रिय बजारमा नेपाली चियाको छवि समेत बिग्रन थालेको छ । अघिल्लो वर्षमात्र भारतले नेपालको चियामा बिषादीको मात्रा बढी भएको भन्दै केहि समय चिया निर्यातमा कडाइ गरेको थियो । यही मात्रामा विषादी प्रयोग गरिरहने हो भने नेपाली चिया निर्यातमा पनि केही समयपछि समस्या पैदा हुने सम्भावना रहेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्याल बताउँछन् ।
विषादी ऐन २०४८ र नियमावली २०५० मा विषादी बिक्री वितरण गनेर्लाई जरिवानासहित दण्ड गनेर् व्यवस्था छ । तर, यस अघि रहेको कृषि विकास कार्यालय र अहिलेको कृषि ज्ञान केन्द्रले न कसैलाई पक्राउ नै गरेको छ, न कसैलाई कारबाही गर्न नै सकेको छ । विषादी बेच्नेलाई न्यूनतम १ हजार र अधिकतम ५ हजार जरिवाना र सामान जफत गर्न सक्ने अधिकार छ । तर, जफत गरिएको सामानलाई कसरी नष्ट गनेर् भन्ने उल्लेख छैन ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


