add
कृषि विशेष स्थानीय खबर

विपन्नलाई उकास्न दमक नगरपालिकाको कृषि उपार्जन कार्यक्रम प्रभावकारी बन्दै

दमक, ९ असोज । दमक नगरपालिकाले विपन्नहरुको आर्थिक अवस्था सुधार्न थालेको कृषि उपार्जन कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याँउन नगरपालिकाले दमक ३ मा अढाई विगाहा जग्गा भाडामा लिएर तरकारी खेतीतर्फ प्रवद्र्धन गरिआएको छ । दश वर्षका लागि भाडामा लिएर त्यहाँ नगरपालिकाको करिव रु २१ लाख रुपैयाँको खर्चमा टनेलमार्फत खेती प्रवद्र्धनमा जोड दिदैआएको वडाध्यक्ष नविन बरालले वताए ।

आफ्नो नाममा एक धुर पनि जमिन नभएकी पवित्रा देवी चम्लागाईंले नगरले उपलव्ध गराएको जग्गामा खेती गर्दा अहिले मनग्य आम्दानी गर्न थालेको बताईन् । उनी जस्तै १७ घर परिवारलाई नगरपालिकाले गरिबी न्यूनिकरणका लागि कृषि उपार्जन सहयोग गरेको छ । अर्गानिक वेमौषमी तरकारी बालीमा सहयोग गरेकाले उत्पादित तरकारीले राम्रो बजार र आम्दानी लिने गरेको समूहका अध्यक्ष भगिरथ अधिकारीले बताए ।

आर्थिक अवस्था कमजोर भएकाहरुलाई टनेल तथा सोलार सिंचाई राखेर आफ्नो मेहनेत आफ्नै कमाई हुने अवस्था सृजना गरेकाले त्यस वडास्थित साधुथान बस्तीका विपन्न समुदायहरु कृषिमा आत्मनिर्भर बन्न थालेका र त्यसले समुदायको आर्थिक शसक्तीकरणमा सघाँउ पुग्दैआएको वडाध्यक्ष बरालले बताए । उनका अनुसार समूहले अर्गानिक तरकारी उत्पादन थालेको र ती उपभोग्य उत्पादीत बस्तु दमकका वजारमै खपत समेत हुन थालेका छन् ।

नगरलाई अर्गानिक कृषि उत्पादनमा प्रोत्साहन गर्न पनि यस्ता कृषि प्रर्वद्धनात्मक कार्यक्रमहरु सञ्चालन गरिआएको नगरपालिकाकी उपप्रमुख गीता अधिकारीको भनाइ छ ।

Facebook Comments