
काठमाडौं ११ साउन । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदहरुले बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंमाथि कारबाही गर्न माग गरेका छन् ।
संसदको शुक्रबारको बैठकमा कांग्रेस सांसदहरु पुष्पा भुषाल, डिला संग्रौला लगायतले प्रसाईंले बंगलादेशमा अध्ययनरत छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएको बताए ।
त्यस्तै अभिव्यक्ति दिँदा कानुनमन्त्रीले राजीनामा दिनु परेको उल्लेख गर्दै उनीहरुले प्रसाईंमाथि कारबाही हुन्छ कि हुँदैन भनेर प्रश्न गरे । जवाफमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले यस विषयमा मन्त्रिपरिषदले छलफल गरेपछि प्रष्ट पार्ने बताए ।अनलाइन खबर
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

