
बाँके, ११ साउन । जोखिमपूर्ण रुपमा भारतका विभिन्न ठाउँ लान लागिएका १६ बालकको उद्धार गरिएको छ ।
नेपालगन्ज जमुनाहा नाकामा भारतीय सिमा सुरक्षा बल एसएसबीले बिहीबार साँझ ती बालकलाई उद्धार गरी बाँके प्रहरीको जिम्मा लगाइएको छ । रोजगारीका लागि उत्तराखण्ड लगिरहेको अवस्थामा चेकजाँचका क्रममा थाहा पाएर उनीहरुलाई उद्धार गरिएको हो ।
यसैगरी मानव तस्करीको आरोपमा एसएसबीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णबहादुर नेपाली, अम्बरलाल, चेतबहादुर, तुलबहादुर, मानबहादुर र लल्लु विक रहेका छन् । उनीहरुलाई आवश्यक कारबाहीका लागि बाँके प्रहरीलाई बुझाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

