
रुपेश अधिकारी
युएई, १२ साउन । युएई स्थित अल अहलिया एक्सचेन्जले १ किलो सुन बिजेता इलाम सन्दकपुर गाँउपालिका जमुनाका नरेन्द्र मगरलाई बिहिबार पुरस्कार बाफतको उपहार हस्तान्तरण गरेको छ ।
एक्सचेन्सको मुख्य कार्यालय बरदुवईमा एक कार्यक्रमको आयोजना गरि उनलाई उक्त उपहार दिएको एक्सचेन्जका नेपाल प्रमुख बेनीमाधब ढकालले जानकारी दिए।
तर उनले प्राप्त गरेको सुन नेपाल लैजान समस्या हुनेभएकाले उनले स्थानीय बजारमा सुन बिक्रि गरि पैसा पाउने छन् । त्यसका लागि एक्सचेन्जले यसअघि खरिद गरेको पसलमा उक्त सुन बिक्रिगरि उनलाई आइतबार रकम उपल्बध गराउनेछ ।
एक्सचेन्जले गएको १६ मे बाट १४ जुलाईसम्म चलाइएको समर सरप्राइज अफरमा पैसा पठाउनेमध्येबाट नरेन्द्रले १५ जुलाईमा उक्त उपहार जितेका थिए। अब उक्त दिनको सुनको बजार मुल्य अनुसार नै नरेन्द्रले रकम पाउने ढकालले बताए ।
जसअनुसार अनुसार नरेन्द्रले एक लाख ५० हजार २५० दिहराम ९४४ लाख ७८ हजार ९५२ रुपैयाँ ० पाउनेछन् ।
उपहार वितरण कार्यक्रममा बोल्दै एक्सचेन्जका अपरेसन हेड कमल सुब्बाले नरेन्द्रले पाएको रकमको सहि सदुपयोग गर्न आग्रह गर्नुभयो ।यस्तै सेन्चुरी रेमिटका युएई प्रमुख प्रकाश पौडेलले वैधानिक तरिकाले रकम पठाँउदा सुरक्षित हुने भएका रेमिट्यान्सबाट रकम पठाउन आग्रह गरे ।
उपहार ग्रहण गर्दै नरेन्द्रले रेमिट्यान्सको माध्यमबाट रकम पठाउदा उपहार पर्छ भन्ने विश्वास जागेको बताए। उनले भने, यसअघि अरुले उपहार पाएको सुनेको थिए तर आफैले पाउँदा विश्वास बढ्यो ।उनले सबै नेपालीलाई रेमिट्यान्सको माध्यमबाट पैसा पठाउन आग्रह गरे । युएईको ट्रान्सगार्ड कम्पनीमा वेटरको काम गरिरहेका नरेन्द्र आउने दशैँमा उनी हालको काम छोडेर नेपाल फर्कदै छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

