
मुम्बई, १२ साउन । भारतको महाराष्ट्र राज्यको रायगढ जिल्लाको पोलादपुरमा शनिबार बस दुर्घटनामा परि ३३ जनाको ज्यान गएको छ ।
दापोली कृषि विश्वविद्यालयका कर्मचारीलाई भ्रमणका लागि लिएर गएको बस सडकबाट २०० मिटर तल खसेको प्रहरीले बताएको छ ।
बसमा ३४ जना यात्रु रहेको रायगढका जिल्ला कलेक्टर विजय सूर्यवंशीले जनाएका छन् । एक जना घाइतेलाई उद्धार गरिएको छ । कुहिरोका कारण घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटनामा परेको हुृन सक्ने प्रहरीले जनाएको छ । एजेन्सी
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

