
खुदुनाबारी, १४ साउन । केही दिनयताको वर्षाको कारण आएको बाढीले अर्जुनधारा–५ को एक घर जोखिममा परेको छ ।
अर्जुनधारा नगरपालिकाका अनुसार वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण उक्त अर्जुनधारा–५ स्थित फुलबारी निवासी अञ्जना उप्रेतीको घर जोखिममा परेका हो । त्यस्तै अर्जुनधारा–३ स्थित आइतबारे बजारमा पनि नदीनालामा पानीको बहाब बढेसँगै आशिक रुपमा बजार क्षेत्रमा पसेको छ ।
घर जोखिममा परेसँगै अर्जुनधारा नगरपालिकाका प्रमुख हरि कुमार रानाले उक्त क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । उक्त घर संरक्षणका लागि प्लाष्टिक जाली लगाई बाँध तत्काल कसिने प्रमुख रानाले बताए । यता आइतबारे बजार क्षेत्रको व्यवस्थापनका लागि पनि नगरपालिकाको ध्यान केन्द्रित भएको बताइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

