
दशैँमा रिलिज हुने भनिएको कमेडी फ्रान्चाइज फिल्म ‘छक्का पञ्जा ३’को पहिलो गीत रिलिज भएको छ।
फिल्मको ‘पहिलो नम्बर’ मा बोलको लोकलयमा आधारित गीत रिलिज गरिएको हो। दीपक शर्माको संगीत तथा राजेन्द्र थापाको शब्दमा तयार भएको गीतमा डेभीड शंकर तथा बिन्दु परियारको स्वर रहेको छ। विवाहको परिदृश्यमा खिचिएको यस गीतका कोरियोग्राफर कविराज गहतराज हुने ।
दीपाश्री निरौला निर्देशित फिल्मको कथा तथा पटकथा दीपकराज गिरीले लेखेका हुन्। फिल्ममा अधिकाशं कलाकार अघिल्लै श्रृखंलाका छन् भने संजोग कोइराला तथा दीपिका प्रसाईं यस सिरिजमा थपिएका नयाँ कलाकार हुन्।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

