
सान नेपाल
गौरादह, १५ साउन । स्थानीय सञ्चारमाध्यमले गौरादहमा भएका गतिविधलाई नसमेटेको स्थानीय युवाले गुनासो गरेका छन् ।
आफूहरुले विकास निर्माणको काममा भएको अवाञ्छित क्रियाकलापको विषयमा आवाज उठाए पनि स्थानीय सञ्चारमध्यमले त्यसलाई प्राथमिकता नदिएको उनीहरुको गुनासो छ ।
‘हामीले सेवाग्राहीले दुःख पाएको, कर्मचारीद्वारा अनियमिता भएको, जनप्रतिनिधिले कुसलतापूर्वक कार्य गर्न नसकेको
विषयमा पटकपटक आवाज उठायौँ’, गौरादह उद्योग वाणिज्य संघका सदस्य प्रकाश बास्कोटाले भने, ‘हामी दिएको दबाबका विषयमा कहीँ कतै समाचार आएन ।’
स्थानीयस्तरका भएका गतिविधलाई सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । गौरादह नगरपालिकामा अनियमितता रहेको तथा कर्मचारीद्वारा सेवाग्राही माथि अन्याय भइरहेको स्थानीय युवा इश्वर खत्रीले बताए । ‘यस्ता विषयमा सञ्चारमाध्यमले पनि प्राथमिकता दिनुपर्छ’, उनले भने, ‘स्थानीय समस्यलाई उजागर गन आवश्यक छ ।’
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

