
सन्तोष शर्मा
बिर्तामोड, २६ माघ । तरकारीमा विषादी नहाल्दा उत्पादन कम हुन्छ, तर विषादीरहित तरकारी उत्पादन गर्दा आत्मसन्तुष्टि र गर्व लागेको बताउँछन्, बिर्तामोड–७ का कृषक होमप्रसाद घिमिरे ।
बजारमा विषादीयुक्त तरकारी पाइने गरेको र त्यसबाट क्यान्सरजन्य खतरनाक रोग लाग्ने थाहा पाएपछि आफू विषादीरहित तरकारी खेती लागेको उनले बताए । ‘विषादीरहित तरकारी उत्पादनका हिसाबले कम हुन्छ’, आफूले लगाएको गोलभेँडाको बोट देखाउँदै उनले भने, ‘हेर्नुस् त, बोट कस्तो छ ?’ विषादीरहित तरकारी विषादी हालिएको तुलनामा कम चम्किलो र आकर्षक देखिने उनले बताए ।
पाँचथरको सुभाङबाट झापा झरेका अधिकारी व्यावसायिक कृषक हुन् । पाँच कठ्ठा जग्गामा तरकारी खेती गरेर उनले राम्रो आम्दानी गरिरहेका छन् । टमाटर, धनिया, रायो साग, कोभी, बन्दा लगायतका तरकारी खेती गदैर् आएका उनले हाल दैनिक एक सय मुठ्ठा धनिया बिक्री गदैर् आएका छन् । ‘७÷८ रुपैयाँ प्रतिमुठ्ठा धनिया बेच्ने गरेको छु’, उनले भने, ‘केही समय अघि मैले एउटै बोट १० रुपैयाँसम्ममा बेचेँ ।’
त्यस्तै, बिर्तामोड–७ का अर्का कृषक डिल्लीराम बाँस्कोटाले पनि विगत दुई वर्षदेखि विषादीरहित तरकारी खेती गरिरहेका छन् । उनको भनाइ पनि घिमिरेको भन्दा भिन्न छैन । विषादीयुक्त तरकारीले उपभोक्तालाई मात्र नभई कृषकलाई समेत असर गनेर् बुझेपछि उनी विषादीरहित खेतीतर्फ अग्रसर भएका हुन् ।
होमप्रसाद र डिल्लीराम जस्तै सोही स्थानका कृषक यज्ञप्रसाद अधिकारी पनि विषादीरहित तरकारी खेती गरिरहेका छन् । ११ कठ्ठा जग्गामा खेती किसानी गदैर् आएका उनले हाल तीन कठ्ठामा आलु, एक कठ्ठा कोपी र एक कठ्ठामा टमाटर खेती गरेका छन् । विषादीरहित तरकारी खेती गर्दा गौरव र सुरक्षित महसुस भएको उनको भनाइ छ । विषादीको प्रयोगले कृषकलाई समेत असर गनेर् उनले बताए ।
विषादीको विकल्पमा यहाँका कृषकले गाईको गहुँत, मोही, विभिन्न किसिमका झारपातको झोलबाट जैविक विषादी बनाएर खेतबारीमा प्रयोग गनेर् गरेका छन् । मलका लागि गड्यौला मल उत्पादन गरिरहेका छन् । र, गाईवस्तुको मलसमेत प्रयोग गनेर् गरेका छन् ।
विषादीरहित तरकारी खेती गरिरहेका कृषकले आफ्नो उत्पादन बजारमा उचित मूल्यमा बेच्ने वातावरण सिर्जना गरिदिन माग गरेका छन् । उनीहरुले बिर्तामोडको कृषिथोक बजारमा विषादीरहित तरकारीको छुट्टै बिक्री कक्ष स्थापना गर्नुपनेर्मा जोड दिए । ‘बिर्तामोड नगरपालिकाले जसरी कृषकलाई उत्पादनमा प्रोत्साहन गरिरहेको छ, त्यसरी नै उचित मूल्यमा बेच्ने वातावरण बनाउन भूमिका खेल्नुपर्छ’, कृषकहरुको एउटै भनाइ छ, ‘नत्र टिक्न सकिँदैन ।’
बिर्तामोड नगरपालिकाले ‘मेयर विषादीरहित कार्यक्रम’ अन्तरगत यहाँका ४० भन्दा बढी कृषकलाई गत आर्थिक वर्षमा विषादीरहित तरकारी खेतीका लागि आवश्यक सहयोग गरेको थियो । आर्थिक वर्ष २०७५÷०७६ मा नगरपालिकाले उक्त शीर्षकमा १७ लाख रुपैयाँ अनुदान दिएको नगरपालिकाका कृषि शाखा अधिकृत राजेन्द्र कडरियाले जानकारी दिए ।
सिँचाइका लागि मोटर, गड्यौला मल उत्पादन, साना टनेल बनाउन आवश्यक सामग्री, ड्रम लगायतका सामान प्रोत्साहन स्वरुप दिइएको उनले बताए । चालू आर्थिक वर्षमा पनि सोही अनुपातमा अन्य कृषकलाई सहयोग गरिने उनको भनाइ छ ।
नगरपालिकाका प्रशासन प्रमुख देवराज कार्कीले बिर्तामोडस्थित कृषिथोक बजार नगर मातहतमा नरहेको बताए । ‘कृषिथोकलाई नगरको मातहतमा ल्याउने प्रयास भइरहेको छ’, उनले भने, ‘नगरको स्वामित्वमा आउनेबित्तिकै कृषि थोकलाई थप व्यवस्थित गदैर् विषादीरहित तरकारीका लागि छुट्टै कक्ष निर्माण गरिनेछ ।’ तथापि, उनले कृषकको उत्पादनको उचित मूल्य र बिक्री स्थलको प्रबन्ध मिलाउन यथाशीघ्र पहल गरिने बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


