
मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपूरका कारण निर्देशक फरहान अख्तरले पत्नीसँग डिभोर्स गरेका छन् । श्रद्धा र फरहानबीच अफेयर चलेपछि फरहान र पत्नीबीच विवाद भएको थियो ।
फरहान र श्रद्धा ‘लिभ ईन टूगेदर’मा बस्न थालेका थिए । श्रद्धाका बाबु शक्ति कपूरले छोरीलाई जबरजस्ती घर फर्काएका पनि थिए । यस विषयमा श्रद्धाले कहिल्यै मुख खोलेकी छैनन् । फरहानले पनि केही बोलेका छन् ।
श्रद्धाले आफ्नो इन्टाग्राममा अचानक फरहानालाई अनफलो गरेकी छिन् । यसबाट यी दुईबीचको सम्वन्ध तोडिएको आशं ागर्न थालिएको छ । श्रद्धा कपूरले फरहानको नाम नलिइकन कसैले आफ्नो दिल तोडेको बताएकी छिन् ।
‘विश्वास गरेको मान्छेले दिल तोडिँदिँदा सहन गाह्रो हुँदो रहेछ’, श्रद्धा कपूरले भनेकी छिन् । कसले तपाईंको दिल तोड्यो भन्ने पत्रकारको प्रश्नमा श्रद्धा कपूरले ‘आफैं अनुमान गर्नुस्’ भनेर जवाफ दिइन् । दिल तोडिदा आफू धेरै दिन रोएको उनले बताएकी छिन् ।
फरहानसँग श्रद्धाले फिल्म ‘रक अन २’ मा काम गर्दा उनीहरूबीच प्रेम शुरु भएको थियो । यसअघि श्रद्धा कपूर आदित्य कपूरसँग अफेयरमा थिइन् । आदित्यसँग श्रद्धाले ‘आशिकी २’ र ‘ओके जानु’मा सँगै काम गरेकी थिइन् । एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

