
अर्जुनधारा, ३० फागुन । झापाको अर्जुनधारा नगरपालिकाका कृषिकलाई आईपीएम सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ ।
गत मंसिर २ गते अर्जुनधारा–२ साठीमुरेमा शुरु भएको आईपीएम कृषक पाठशाला कृषिक दिवसको अवसर पारेर शुक्रबार समापन गरिएको छ । नगर कृषि विकास शाखाको आयोजनामा सम्पन्न पाठशालामा स्थानीय सीमाना कृषक समूहका ३६ जना सदस्य सहभागी थिए ।
पाठशालामा रासायनिक विषादिको प्रयोग नगरी तरकारी खेती गर्ने, आइपीएम पद्धतिबाट खेत ीगर्ने तरिकाका बारे सहभागी कृषकलाई प्रशिक्षण दिइएको कृषि शाखा प्रमुख दीपक गिरीले जानकारी दिए ।
अर्जुनधार वार्ड नं २ का वडाध्यक्ष रघुनाथ खनालको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख कमला खतिवडाले सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरिन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलको पनि उपस्थिति रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


