यो वर्ष चलचित्र क्षेत्रमा नाम चलेका तीन जना नायिकाहरु वैवाहिक बन्धनमा बाँधिएका छन् । ऋचा शर्मा, प्रियंका कार्की र आँचल शर्माले जीवनको नयाँ आयाम सुरु गरेका हुन् । यी सबै नायिकाहरुको प्रेम बिबाह हो ।
सबै नायिकाहरुको बिहेमा सहभागी भएकी नायिका वर्षा सिवाकोटीलाई प्रेम बिबाह मनपर्छ कि मागी बिबाह भन्ने पत्रकारको प्रश्नमा वर्षाले भनिन्–‘यस्तै प्रकारको बिहे होस् भन्ने चाहना त मलाई छैन । तर, बिहे अगाडि एकले अर्कालाई वुझेको राम्रो हुन्छ । मागी बिबाह भएपनि केही समय लिएर, प्रेममा रहेर गर्दा राम्रो हुन्छ ।’
यसो गर्दा केटा र केटीले एक अर्कालाई वुझ्न सक्ने वर्षाको तर्क छ । नायिका वर्षा सिवाकोटीले आफ्नो अझै बिहे गर्ने समय नभएको बताउँदै आएकी छिन् । उनले करिब ५ बर्षपछि मात्र आफ्नो बिहे योजना रहेको सुनाइन् । उसो त, पछिल्लो समय उनी अमेरिकामा रहेका एक यूवाको प्रेममा रहेको चर्चा छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।