add
प्रवास

ट्रम्पले यौन साथीहरुलाई रकम दिएर दिएको आरोप

add

अमेरिका, ८ भदौ (एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व वकिल माइकल कोहेनले राष्ट्रपति ट्रम्पले आफ्ना यौन साथीहरुलाई रकम दिएर चुनावी वित्तीय नियमको उल्लंघन गरेको आरोप लगाएका छन् ।

करिब एक दशकसम्म ट्रम्पको वकिलको रुपमा काम गरेका कोहेनले अमेरिकी म्यानहटन अदालतमा राष्ट्रपति ट्रम्पले वित्तीय नियम उल्लंघनको आरोप लगाएका हुन । तर यो आरोपको ट्रम्पले खण्डन गरेका छन् । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पसँग यौन सम्बन्ध रहेका दुई प्रेमिकालाई मौन बस्न लगाउन रकम दिएको आरोप लाग्दै आएको छ ।

कोहेनले उम्मेदवार ट्रम्पले भनेकाले आफूले रकम दिएको स्वीकार गरेका छन् । त्यसको उद्देश्य राष्ट्रपति निर्वाचन प्रभावित पार्ने उद्देश्य रहेको उनले बताए । चुनाव जित्न रुससँग गोप्य साँठगाँठ गरेको आरोप पनि ट्रम्पलाई लागेको छ ।

प्रतिद्वन्द्वी हिलारी क्लिन्टनका गोप्य वार्ता र डाटाहरु कम्प्युटर ह्याक गरेर चोरेको कुरा यसअघि सार्वजनिक भएको थियो । ट्रम्पका पूर्व वकिल कोहेनलाई कम्प्युटर ह्याकबारे पनि जानकारी भएको उनका वकिल ल्यानी डेभिसले बताएका छन् ।

डेभिसका अनुसार कोहेन ट्रम्पका बारेमा सबै कुरा बताउन तयार देखिएका छन् । ट्रम्पले भने कोहेनले भनेको कुराको खण्डन गरेका छन् । चुनावी कोषबाट रकम नदिएको र रुससँग साँठगाँठ नगरेको दावी ट्रम्पको छ ।

Facebook Comments