
वासिङ्गटन, २५ भदौ । न्युजिल्याण्डको दुर्गम क्षेत्रमा पर्ने केर्माडेक द्वीपमा सोमबार ६.९ म्याग्नीच्युडको भूकम्प गएको छ । तर यस भूकम्पपछि सुनामीको चेतावनी भने नदिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
स्थानीय समयानुसार सोमबार बिहान ४ः१९ बजे न्युजिल्याण्डको अकल्याण्डबाट ७० किलोमिटर उत्तरपूर्वमा १११ किलोमिटर गहिराइमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको अमेरिकी भौगर्भिक संस्था (युएसजिएस) ले जानकारी दिएको छ ।

अहिलेसम्म प्राप्त भौगर्भिक तथ्यहरुको आधारमा हेर्दा हाल यहाँ सुनामीको चेतावनी दिनुपर्ने कुनै कारण देखा नपरेको प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले जानकारी दिएको छ । गैरआवाद रही आएको केर्मादेक द्वीप ज्युजिल्याण्डको सुदुरउत्तरमा पर्दछ । न्युजिल्याड भूकम्प र ज्वालामूखीजस्ता प्राकृतिक प्रकोपले सताइएको देश हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
