
झापा, १५ चैत । झापामा कृषि गणनाको लागि सुपरिवेक्षक र गणक गरी १६६ जनालाई खटाउन लागिएको छ ।
कृषिग णनाको सार, कृषि योजनाको पूर्वाधार भन्ने मूल नाराका साथ राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभागले झापासहित देशभर आगामी वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म कृषिगणना गर्न लागेको हो ।
सोही अनुसार कृषिगणनाका लागि झापामा चैत १ गते जिल्ला कृषिगणना कार्यालयको स्थापना गरिएको थियो । जिल्लामा ३३ जना सुपरिवेक्षक र १३३ जना गणक खटाउन लागेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार झापामा ९ हजार ४ सय कृषि परिवार रहेको छ । सोही तथ्यांकलाई आधार मानेर जिल्लाको १३१ वडामा ३७६ वडाखण्ड विभाजन गरी सुपरिवेक्षक र गणक खटाउने लागिएको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



