
भद्रपुर, ११ जेठ । झापाका जडीबुटी पकेट क्षेत्रमा जडीबुटी खेती विस्तार भण्डारणका लागि अनुदान आएको छ ।
चालू आर्थिक वर्षमा जिल्लाका पाँच वटा पकेट क्षेत्रलाई लक्षित गरी ९ लाख रुपैयाँ अनुदान आएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार हल्दिबारी गाउँपालिका, भद्रपुर नगरपालिका, गौरादह नगरपालिका, मेचीनगर नगरपालिका र अर्जुनधारा नगरपालिका पकेट क्षेत्रमा जडीबुटी खेती विस्तार भण्डारणका लागि अनुदान आएको हो ।
यो कार्यक्रम पामारोजा, लेमनग्रास, पचौली, तुलसी, सतावरी र अश्वगन्धा खेती तथा भण्डारण गर्ने कृषकका लागि लक्षित गरिएको हो । जेठ ४ जेठ ४ गतेदेखि २१ दिने म्याद रहेको सूचना जारी गरिएको कार्यालयले जनाएको छ ।
यो कार्यक्रम चालू आवमा झापाका जटीबुटी पकेट क्षेत्रका व्यवसायी, उद्यमी, सहकारी, सामुदायिक वन तथा कबुलियती समूह वा कृषकका लागि लक्षित गरी जडीबुटी विकास (संघ सशर्त) तर्फको कार्यक्रम हो ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



