
झापा, १३ असार । कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश १ को योगदान अन्य प्रदेशको तुलनामा बढी रहेको छ ।
आव २०७८–७९ मा मुलुकको कृषि क्षेत्रको उत्पादनमा प्रदेश १ को योगदान २१ दशमलव ८ प्रतिशत रहेको छ । कृषिमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको ५ दशमलव ४ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्कले तयार गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन (प्रदेश १) प्रथम अर्धवार्षिक प्रतिवेदन (आव २०७८–७९) मा उल्लेख छ ।
कृषि क्षेत्रमा मधेस प्रदेशको १९ प्रतिशत, लुम्बिनी १७ दशमलव ३, बागमतीको १७ दशमलव १ प्रतिशत, सुदूरपश्चिमको ९ दशमलव ८ प्रतिशत र गण्डकीको ९ दशमलव ६ प्रतिशत योगदान रहेको छ ।
मुलुकको समग्र औद्योगिक उत्पादन तथा सेवा क्षेत्रमा प्रदेश १ दोस्रो स्थानमा रहेको छ । प्रदेश १ मा उद्योग क्षेत्रको उत्पादनमा १९ दशमलव ६ प्रतिशत र सेवा क्षेत्रमा १२ दशमलव ५ प्रतिशत योगदान रहेको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



