
अर्जुनधारा, २१ असार । झापाको अर्जुनधारा नगरपालिकाले यहाँका कृषकलाई व्यावसायिक बनाउन तीन दिने बाख्रापालन तालिम दिन थालेको छ ।
नगरपालिकाको पशुपन्छी, मत्स्य तथा कछुवा विकास शाखाको आयोजनामा आजदेखि तालिम शुरु भएको हो । तालिमको नगर कार्यपालिका सदस्य गौरीमाया चिमरियाले उद्घाटन गर्नुभएको थियो । तालिममा शाखा प्रमुख पदमलाल राई, भेटनरी अधिकृत देवीकुमारी लिम्बू र पशु सेवा प्राविधिक वेनुकुमार बस्नेतले सहजीकरण गरिरहनुभएको छ । तालिममा ४० जना कृषकको सहभागिता रहेको छ ।
तालिममा खोर व्यवस्थापन, रोग, औषधि, बीमा लगायतका विषयमा जानकारी दिइनेछ । तालिम सँगै सहभागीलाई बाखा्रा फारमहरुको अवलोकन भ्रमणसमेत गराइनेछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



