add
प्रवास स्थानीय खबर

डीएक्सएन मकाउमा झापाली युवा मिलन

add

गौरादह, ८ असोज । डिएक्सएन मकाउको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

स्थानीय एक होटलमा भएको भेलाले नयाँ तदर्थ समिति गठन गरेको हो । एन.आर.एन. मकाउका अध्यक्ष श्रीमती शान्तिदेवी अधिकारी, समाजसेवी राम कार्की तथा नेपाली जनसम्पर्क समिति मकाउका अध्यक्ष लेखबहादुर गरुङको विषेश आतिथ्यतामा भएको कार्यक्रमले अध्यक्ष पदमा मिलन श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ ।

त्यसैगरी उपाध्यक्षमा श्रीमती गंगा बस्नेत, सचिवमा तुलसिराम पौडेल, चोक्ता तामाङ (डेनी), बिजय बज्राचार्य कोषाध्यक्षमा अनिल श्रेष्ठ र प्रेम तामाङ रहेका छन् । संस्थाको नवगठित समितिको सदस्यहरुमा प्रेमराज आचार्य, रेनुका प्रसाई, अनिश प्रसाई, चुडामणी पराजुली, दिपेश मास्के, गंगा बहादुर श्रेष्ठ, कृष्णशरण कार्की, डिक बहादुर श्रेष्ठ, इश्वर थापा, धनेश कुमार थीङ, कमल प्र. न्यौपाने, विशोर राई, भूपेन्द्र गुरुङ, मन बहादुर राना मगर, मेख श्रेष्ठ, किसोर गुरुङ, धन ब. ओली, सुरज श्रेष्ठ, सञ्जु तामाङ, सुजन श्रेष्ठ, कुमार राज श्रेष्ठ र महेश महर्जन रहेका छन् । त्यसै गरी मित्र राष्ट्र चाइनाका केही व्यक्तिहरुलाई समेत सदस्यमा समेटिएको छ ।

चाइनिजहरु लाओ चिन वाइ, ली होङ् र एन्सन लगायत कुल ३३ सदस्यिय समिति गठन गरिएको नव निर्वाचित अध्यक्ष मिलन श्रेष्ठले भापा अनलाईन लार्ई वताए । उक्त भेलाबाट श्रीमती शान्तिदेवी अधिकारीको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको छ ।

शुभकामना मन्तव्य दिँदै वक्ताहरुले डि.एक्स.एन. मकाउले सामाजिक क्षेत्रमा समेत महत्वपुर्ण योगदान गर्दै अगाडी बढ्न सुझाव दिएका थिए । संस्थाको महत्वपुर्ण उद्देश्य नेटवर्किङ विजनेसको रुपमा स्थापित डि.एक्स. एन. लाई संगठित भएर अगाडी बढाउने रहेता पनि मकाउमा रहेका नेपालीहरुलाई एकतामा वाँधेर एक आपसमा सहयोग आदान प्रदान गर्नु समेत रहेको अध्यक्ष श्रेष्ठले बताए ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठ गौरादह झापा निवासी हुन् । केही वर्ष देखी मकाउ वस्दै आएका श्रेष्ठ सामाजिक कार्यमा निकै अग्रणी मानिन्छन् । नेपाल मानव धर्म सेवा समितिका एक कुसल र अब्बल कार्यकर्ता समेत रहेका श्रेष्ठ अध्यात्म विज्ञान आप्mनो जीवनको मार्गदर्शन भएको बताउँछन् ।

उनी मकाउमा रहेका नेपालीहरु माझमा छोटो समयमा राम्रै लोकप्रियता कमाउन सफल भएका छन् । डि.एक्स.एन. जस्तो स्थापित र भरपर्दो कम्पनीका उत्पादनले विश्वभर तहल्का मच्चाइरहेको बेला डि.एक्स.एन मकाउको नेतृत्वमा श्रेष्ठको आगमनलाई निकै महत्वका साथ हेरिएको छ ।

Facebook Comments