
मुम्बई, ९ असोज । राष्ट्रवादी विकासशील अभियान नेपाल–भारत केन्द्रीय समितिले दुई नेपाली युवालाई सम्मान गरेको छ ।
भारतको मुम्बईमा भारतीय चलचित्र निर्माणको क्रममा रहेका नेपाली युवा किरण खतिवडा र मार्सल आर्टका प्रशिक्षक हरि थापालाई समितिले सम्मान गरेको हो । झापा बिर्तामोडका किरण खतिवडा बलिउड चलचित्र निर्माणको क्रममा छन् । निर्देशक, लेखक, डाइरेक्टर एवम् अभिनेताका रुपमा चिनिएका खतिवडा र विराटनगरका मार्सल आर्ट प्रशिक्षण थापालाई नेपाली ढाका टोपी, फुलगुच्छाका साथ सम्मान गरिएको थियो ।

थापा नेपालमा जन्मिएर भारतको मुम्बईमा खेल प्रशिक्षण गराउँदै आएका छन् । सम्मान कार्यक्रममा राष्ट्रवादी विकासशील अभियान नेपाल (भारत) अन्तर्राष्ट्रिय विभाग प्रमुख सिहान नरेन्द्र ओली, भारत केन्द्रीय अध्यक्ष खड्क सिंह, केन्द्रीय सचिव डा. टेकप्रसाद चाड, केन्द्रीय अध्यक्ष नरबहादुर सोनी, केन्द्रीय सदस्य डा. ललित सिंह, शंकर वि.क., भरत ताम्राकार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
