
सन्तोष शर्मा
बनियानी, २८ पुस । झापाका कृषि लक्षित करोडौंको कार्यक्रम सञ्चालनमा रहेका छन् ।
जिल्ला चालू आर्थिक वर्ष २०७९÷०८० मा रू १३ करोड २३ लाख ७५ हजार बराबरको विभिन्न ३० वटा शीर्षकमा कृषि लक्षित कार्यक्रम सञ्चालन रहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । जसमध्ये २७ वटा कार्यक्रम प्रदेश नं. १ सरकार अन्तरगत र तीन वटा संघीय सरकार अन्तरगतका रहेका छन् ।
कृषि क्षेत्रको प्रबद्र्धनका लागि अनुदान, प्रदर्शनी, तालीम, भण्डारण केन्द्र निर्माण, नमूना कृषि फर्म स्थापना लगायतका कार्यक्रम रहेको प्रमुख विष्टले जानकारी दिनुभयो । “११ वटा कार्यक्रममा अनुदानका लागि लाभग्राही कृषक, फर्म छनोट भइसकेका छन्”, उहाँले भन्नुभयो, “माघदेखि पुनः सूचना निकालेर कार्यक्रम अघि बढाउँछौं ।” ठूला कार्यक्रमको छनोट कार्य सकिएको र चाँडै अनुदान वितरण गरिने उहाँले बताउनुभयो ।
जिल्लामा प्रदेश सरकार अन्तरगत अलैंची प्रशोधन यन्त्र उपकरण खरीद अनुदानमा रू पाँच करोड, पुष्प खेतीका लागि नर्सरी स्थापनाका लागि रू चार लाख, मसिना तथा बास्नादार धान खेती प्रबद्र्धन कार्यक्रम अन्तरगत रू १५ लाख, युवा लक्षित च्याउ मह तरकारी उत्पादन कार्यक्रमका लागि रू ३० लाख, प्याज उत्पादन प्रवद्र्धन कार्यक्रमका लागि रू १० लाख, मागमा आधारित कार्यक्रमका लागि रू १५ लाख बजेट रहेको छ ।
त्यस्तै, नमुना कृषि फर्म स्थापना सहयोग अन्तरगत २८ लाख, प्राङ्गारिक मल उत्पादन पूर्वाधार तथा यन्त्र उपकरण सहयोगका लागि रू एक करोड, सुपारी प्रशोधन उद्योग पूर्वाधार तथा यन्त्र उपकरणमा सहयोगका लागि रू एक करोड, अदुवा प्रशोधन उद्योग यन्त्र उपकरण खरीद सहयोगका लागि रू ५० लाख, स्थलगत घुम्ती कृषक तालिमका लागि रू एक लाख, विषादी खुद्रा बिक्रेता तालीमका लागि रू चार लाख ५० हजार, घुम्ती माटो परीक्षण शिविरका लागि रू एक लाख ३५ हजार, हाइब्रिड मकै खेती विस्तार आयोजनाका लागि रू ४५ लाख, हरियो मल प्रर्दशनी कार्यक्रमका लागि रू नौ लाख, घुम्ती प्रयोगशाला मार्फत शिविर सञ्चालनका लागि रू चार लाख ५० हजार बजेट रहेको कार्यालयले जनाएको छ ।
यस्तै, माटो परीक्षण शिविर संञ्चालनार्थ रू दुई लाख ८० हजार, धान वालीमा यन्त्रिकीकरण प्रयोग प्रवद्र्धन कार्यक्रमका लागि रू १५ लाख, मकै बालीमा यन्त्रिकरण प्रयोग प्रवद्र्धन कार्यक्रमका लागि रू छ लाख, धान खेती नविनतम मेसिनरी प्रयोग प्रदर्शनका लागि रू १८ लाख, कृषि यन्त्र उपकरण खरिदमा ब्याज अनुदानका लागि रू १० लाख, जुट खेति प्रवद्र्धन कार्यक्रमका लागि रू चार लाख, कन्काई सिंचाई आयोजना क्षेत्रमा उन्नत कृषि प्रविधि प्रर्दशनका लागि रू पाँच लाख, जैविक विषादी उत्पादन प्रवद्र्धन कार्यक्रमका लागि रू दुई लाख २५ हजार र विभिन्न स्थानमा प्लाण्ट क्लिनिक सञ्चालनका लागि रू चार लाख बजेट रहेको छ ।
यस्तै, संघीय कृषि कार्यक्रम अन्तरगत पुरानो ब्लक विकास कार्यक्रमको निरन्तरता (धान, केरा, मकै) का लागि रू ३९ लाख ३५ हजार, खाद्यान्न भण्डारण गृह निर्माणका लागि रू एक करोड ५० लाख र बीउ प्रशोधन पूर्वाधार÷बीउ भण्डारण गृह निर्माणका लागि रू एक करोड ५० लाख बजेट रहेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



