
झापा, ९ माघ । चालू आर्थिक वर्षको पछिल्लो ५ महिनामा साढे २ अर्ब रुपैयाँभन्दा बढीको प्याज आयात भएको छ । अधिकांश भान्छामा प्रयोग हुने प्याज उत्पादन स्वदेशमै पनि ठुलो मात्रामा हुन्छ । तैपनि स्वदेशी उत्पादनले माग धान्न नसक्दा ठुलो परिमाणमा गर्नुपर्ने बाध्यता छ ।
भारतलगायत मुलुकबाट आयात भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ९आव० को ५ महिना (साउन–मङ्सिर) मा नेपालले विभिन्न मुलुकबाट २ अर्ब ६९ करोड ८० लाख रुपैयाँ बराबरको ७३ हजार २ सय मेट्रिक टन प्याज आयात गरेको छ । आव २०७७र७८ मा अर्ब ९५ करोड ८८ लाख रुपैयाँ बराबरको १ लाख २८ हजार ४ सय ५४ मेट्रिक टन आयात भएको देखिन्छ । आजको आर्थिक अभियान दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



