
भद्रपुर, १५ माघ । झापाको हल्दिबारी गाउँपालिकामा तोरी खेती प्रबद्र्धनका लागि प्राप्त १० लाख फ्रिज हुने अवस्थामा पुगेको छ ।
कार्यविधि नहुँदा गाउँपालिकाको उक्त रकम फ्रिज हुने अवस्थामा पुगेको गाउँपालिकाको कृषि अधिकृत छविलाल गुरुङले जानकारी दिनुभयो । “विशेषगरी कार्यविधि नहुँदा रकम फ्रिज हुने अवस्थामा पुगेको छ”, उहाँले भन्नुभयो, “कृषकसँगको आधा लागत सहभागितामा कार्यक्रम सञ्चालन हुने भएकाले कृषकबाट समेत रकम आएन ।”
तोरी खेती प्रबद्र्धनका लागि संघीय सरकारबाट सशर्त अनुदानका रुपमा उक्त बजेट हल्दिबारीमा आएको हो । तोरी खेतीको सिजन सकिनै लागेकाले रकम फ्रिज हुने देखिन्छ । गत वर्ष तोरी ब्लक कार्यक्रम अन्तरगत हल्दिबारीमा १५० हेक्टरमा तोरी खेती गरिएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



