
कनकाई, १९ माघ । झापाको कनकाई नगरपालिकाले किसानलाई लक्षित गर्दै पशु स्वास्थ शिविर सञ्चालन गर्ने भएको छ ।
नगरले हेपर प्रोजेक्ट नेपालको साझेदारी तथा अभियान नेपालको सहजीकरणमा कनकाई नगरपालिकामा सञ्चालित साझेदारीमा कृषि तथा पशुपालन उद्धमशिलता विकास परियोजना अन्तर्गत निशुल्क पशु स्वास्थ शिविर सञ्चालन कार्यक्रम ल्याएको कनकाई नगरका स्वास्थ्य शाखा प्रमुख यदु उप्रेतीले जानकारी गराउनु भएको छ ।
अघिल्लो वर्ष पनि नगरले नगरका सबै वडामा पशु स्वास्थ शिविर सञ्चालन गरेको र उक्त स्वास्थ्य शिविर पछि किसानले पशुपालनमा राहात मिलेको प्रतिक्रिया दिँदै यो कार्यक्रमलाई निरन्तरता दिन सल्लाह सुझाव दिए अनुरुप नैे यस वर्ष पनि यो कार्यक्रम ल्याएको र यो कार्यक्रमलाई नगरले आगामी वर्षमा पनि निरन्तरता दिँदै जाने नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभएको छ ।
नगरका सबै वडामा सञ्चानल हुने शिविर यही माघ २३ गतेदेखि सुरु भइ फागुन २ गते सम्पन्न हुने शिविर सञ्चालन कार्यक्रमका संयोजक केशव खनालले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



