
चन्द्र बस्नेत
कनकाई, २९ माघ । झापाको कनकाई १ मा बाख्रा पालक किसान लक्षित एक दिवसीय तालिम शनिबार सम्पन्न भएको छ।
कनकाई वडा न १ र २ लाई नगरले बाख्रा ब्लक भनी छुट्टयाएसगै आज वडा नं. १ स्थित दलित सामुदायिक भवनमा एक दिवसीय तालीमको आयोजना गरिएको हो। बृहत बाख्रा ब्लक निरन्तरता कार्यक्रमका सयोजक धन बहादुर वनको अध्यक्षतामा भएको तालिममा कनकाई वडा न १ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सुशीलकुमार पोख्रेलले ब्यानर पढी तालीमको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथि समेत रहनु भएका वडा अध्यक्ष पोख्रेलले कृषि तथा पशुपालनका क्षेत्रमा आत्मनिर्भर बन्दै आएका वडावासीलाई प्राथमिक्ता राखी यस्ता तालिमको आयोजना गरिरहने र अबकेही दिनमै पशु बिमा गरी किसानले पालेका पशु चौपायाको सुरक्षामा ध्यान दिदै जाने जानकारी दिनुभयो ।
उहाँले बढीभन्दा बढी वडाबासी कृषकलाई लाभ लिन अनुरोध गर्दै वडाबासीको पशुधन सुरक्षामा वडा गम्भिर भएको बताउनुभयो । सुकेडागी सामुदायिक वनको आयोजना तथा जिल्ला भेट्नेरी अस्पताल तथा पशु विज्ञ केन्द्र भद्रपुर झापाको सहयोगमा सम्पन्न तालिममा साहारा नेपाल साकोसका पशु चिकित्सक डा। कमलेश्वर भट्टले सहजीकरण गर्नु भएको वडा न १ का वडा सदस्य हरिकुमार राईले जानकारी दिनुभयो तालिममा ५० बढी वडाका अगुवा बाख्रा पालक कृषक सहभागी भएको वडा न १ का वडा सदस्य निर्मला खड्काले जानकारी दिनुभयो ।
वडा न १ र २ का कृषकहरुलाई लाभान्वित गराउँने उद्येश्यका साथ २ वटै वडामा तालिमको आयोजना गरिएको बृहत बाख्रा ब्लक निरन्तरता कार्यक्रमका सदस्य लोकनाथ दुलालले जानकारी दिनुभयो । बृहत बाख्रा ब्लक अन्तर्गत यो वर्ष २ वडामा २२ वटा खोरका साथै मोटसहित २० वटा च्याप कटर मिसिन पनि वितरणको तयारीमा रहेकोे कार्यक्रमका सदस्य दुलालले जानकारी दिनुभयो ।
बाख्रा कृषकहरुकालागी पशुधनको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै स्थानीय सरकारबाट यतिबेला घुम्ती शिविर साथै निशुल्क औषधि वितरण , पशु बिमाका साथै यस्ता तालीमले कृषि तथा पशुपालनमा थप हौसला मिलेको तालीममा सहभागी कृषक स्वतिका अधिकारीको भनाइ छ।
नगरले यतिबेला सबै वडामा पशु स्वास्थ्यशिविर समेत चलाईरहेको छ । शिविरमा गाईभैंसीको बाँझो पनको परिक्षण साथै आवश्यक औषधि वितरण गरिदै आईएको बताएको छ । त्यस्तै सबै जातका अन्य पशु चौपायको स्वास्थ्य परिक्षणका साथै रेविज भेक्सिन, बोका, सुँगुरको बन्ध्याकरण भिटामिन, क्याल्सियम, जुका नाम्लेको औषधि लगायत निशुल्क वितरण भईरहेको छ ।
नगरमा यस अघि सबै वडामा बाख्रा पाठाहरुको पनि स्वास्थ्य शिविर संचालन गरिएको कनकाई १ की अर्की वडा सदस्य संगीता लुवागुनको भनाइ छ। सुकेडाँगी सामुदायिक वनकी सदस्य राजेस्वरी कोइरालाले स्वागत गरेको कार्यक्रमको सञ्चालन वन समूहका कोषादक्ष आईपी भट्टराईले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



