
चन्द्र बस्नेत
झापा, २ फागुन । झापाको कनकाईमा प्रथम कृषि मेला लाग्ने भएको छ। कृषकहरुले कसरी बढी सामाग्री उत्पादन गर्ने र उत्पादित सामग्रीको बजारीकरण कसरी गर्ने भन्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको कनकाई नगर कृषि शाखाका प्रमुख यदुनाथ उप्रेतीले जानकारी दिनुभयो ।
कनकाई नगरपालिका–३ स्थित निर्माणाधीन नयाँ कृषि बजारमा आयोजना हुने मेलाको कारितास नेपालको आयोजना तथा कनकाई नगरको आर्थिक सहयोगमा कृषि मेला प्रदर्सनी हुने कारितास नेपालका वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटीले जानकारी दिनुभयो । मेलामा कृषकले उत्पादन गरेका ९ प्रकारका तरकारी बाली, अन्य अन्नपात, अचार, मह गरी १७ प्रकारका सामग्रीका र लोपोन्मुख कृषि औजार (मदानी, ढिकी–जातो, हलो–जुवा) लगायतका सामग्री पनि प्रदर्शनी रहने कारितास नेपालका कृषि प्राविधिक टंक प्रसाद कट्टेलले जानकारी दिनुभयो ।
मेलामा आईपिएम खेती प्रबद्र्धनलाई कसरी उत्पादन मुखी बनाउन सकिन्छ भन्ने कुरालाई प्राथमिकतामा राखिने कारितास नेपालका प्रादेशिक प्रमुख देवेन्द्र पोख्रेलले जानकारी दिनुभयो । मेलामा नगरभरिका कृषक समूह, विभिन्न फर्म तथा उत्पादक अगुवा कृषकलाई मेलामा सहभागी भई आफ्नो उत्पादित सामग्रीलाई प्रदर्शनीमा राख्न नगर कृषि शाखाका प्रमुख उप्रेतीले आग्रह गर्नुभयो ।
मेलामा नगरले निशुल्क स्टल उपलब्द गराइने भएकाले आफ्नो स्टल बुकिङ गर्न आग्रह गर्दै यसका लागि ९८१४९९१५५९, ९८०६०४२३१३, ९८०१७१७१६१ र ९८४२७८६६२४ मा सम्पर्क गर्न कारितास नेपालका वरिष्ठ सामाजिक परिचालक शिवाकोटीले आग्रह गर्नुभयो ।


यता, कृषि मेलालाई सफल पार्न आज अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलको अध्यक्षतामा भएको अन्तक्रिर्या कार्यक्रममा प्रदर्शनीको तयारीमा रहेको कृषि मेलाका बारेमा के–कस्ता सामग्रीको प्रदर्शन हुने कुराको जानकारी गराइएको थियोे । अन्तक्रिया तथा गोष्ठी कार्यक्रममा नगर प्रमुख पोख्रेलले कृषि तथा पशुपालनका क्षेत्रमा आत्मनिर्भर बन्दै आएका नगरबासीलाई प्राथमिकतामा राखेर स्थानीय सरकारले घर घरमै सेवा पुर्याउने उद्देश्यका साथ अभियान सञ्चालन गरेको अहिले त्यसलाई थप प्रभावकारी बनाउन कृषि मेलामा सहभागी हुन नगरका कृषक समूह, विभिन्न फर्मलाई नगर प्रमुख पोख्रेलले सबैमा आग्रह गर्नुभयो ।
उहाँले बढीभन्दा बढी नगरबासी कृषकलाई लाभ लिन अनुरोध गर्दै नगरबासीको कृषि तथा पशुधन सुरक्षामा स्थानीय सरकार गम्भिर भएको बताउनुभयो । कार्यक्रममा नगर उप प्रमुख आशा शर्मा शिवाकोटी, प्रशासन शाखाका प्रमुख विवेक भण्डारी, योजना शाखा प्रमुख जमुना कटुवाल, कृषि शाखा प्रमुख यदुनाथ उप्रेती, वडा न १ का वडा अध्यक्ष शुसिलकुमार पोख्रेल, ८ का वडा अध्यक्ष लीलाबहादुर कटुवाल लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा सहभागी कृषकहरुले नगरले कृषि छेत्रमा पुर्याएको योगदानको खुलेर प्रशंसा गरेका थिए । वडाका वडा सदस्यहरु निर्मला खड्का, हरिकुमार राई, संगीता लुवागुन, दलबहादुर थापा लगायत सहभागी रहेको कार्यक्रमको सञ्चालन कारितास नेपालका कृषि प्राविधिक कट्टेलले गर्नुभएको थियोे ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



