
झापा, १९ चैत । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारी कनकाईले किसानका मागहरुको वारेमा कनकाई नगरको ध्यानाकर्षणपत्र बुझाएको छ ।
किसान महासंघ क्रातिकारीका कनकाई नगर संयोजक रामकुमार घिमिरे, जिल्ला सदस्य गोविन्द चापागाई लगायातको टोलीले कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई भेटेर असिना पानीले कनकाई नगरमा पुर्याएको किसानको क्षतिलाई अनुगमन गरी तत्काल अल्पकालिन र दिर्घकालीन क्षतिपूर्तिको माग गरिएको छ ।
त्यसैगरी, ध्यानाकर्षणपत्रमा किसानले उत्पादन गरेका कृषि उपजलाई उचित बजारीकरण र उचित मुल्य समयमै मल बिउ बिजनको उपलब्धता हुनुपर्ने, नक्कली मल र बिउ विक्रीलाई तत्काल रोकिनुपर्ने, बढ्दो महगी नियन्त्रण, सुकुम्बासी र मजदुरलाई आवाशको व्यावस्था, बषौदेखि जोतभोग गर्दै आइरहेका किसानलाई जग्गा धनीपुर्जाको व्यावस्था लगायातका मागहरु रहेका छन ।
उक्त मागहरुलाई नगरपालिकाका माध्यमबाट प्रधानमन्त्री, मुख्यमत्री, कृषिमन्त्री लगायातमा समेत बाृेदार्थ प्रदान गरिएको छ । ज्ञापनपत्र बुझ्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले किसान महासंघका मागहरुलाई तत्कालै सबै तहका सरोकारवालाहरुमा पठाइने प्रतिवद्धता जनाउदै कनकाई नगरपालिकाले समेत आगामी बजेट बनाउदा बाटो निर्माणभन्दा कृषक र स्वास्थ्य शिक्षालाई मध्यनजर गरि बनाइने प्रतिवद्धता जनाउनुभएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



